
नेकपा एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गर्दै कारवाही गरेपछि ओलीलाई चुनौती दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो। यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए। फेरी जसले पार्टी बनायो उसैलाई कारबाही? साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य छैन। कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ। हेक्का राखौं- बुई चढ्ने लड्छ र षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ
