Friday, August 7News That Matters

नक्कली प्रहरी बनी व्यापारीसंग पैसा माग्ने दुई युवक पक्राउ

पूर्णपुष्टि, चैत २०

कैलालीको धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद पाँच हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।