व्यवसायीहरुको हकहितकै लागि अहिले सम्म लडिरहेका छौँ : कार्यवाहक अध्यक्ष रसाईली

पूर्णपुष्टि, पुष २
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले हाल सम्म बहुमतको कार्यसमितिले त्रियुगा नगर क्षेत्रमा रहेका सम्पूर्ण व्यापारी व्यवसायीहरुकै  अधिकारको निम्ति लडिरहेको जनाएको छ । बहुमतको समिति तथा संघका कार्यबाहक अध्यक्ष रमेश रसाईली सहितको टोलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले गरिरहेको जति पनि कार्यहरु व्यवसायीहरुकै हक हितमा रहेको जनाएको छ । सम्मेलनमा अध्यक्ष रसाईलीले बहुमतको समिति पश्चात समितिले गरेको बिभिन्न कार्यहरु बिज्ञाप्ती मार्फत प्रस्तु गर्दै  संघलाई क्रियाशिल बनाउँन  चुस्त दुरुस्तका साथ व्यापारी व्यवसायीहरुकै कामहरु गरिरहेको जनाएको छ ।

सम्मेलनमा बहुमतको समितिले पूर्व अध्यक्ष भगतको कार्यकालमा संघलाई लथालिङगै बनाउने हिसावले नेतृत्व गरिरहेको र तिन बर्षको कार्यकाललाई बिभिन्न बाहानामा लम्वाई ५ बर्ष बितिसक्दा समेत बिधि विद्यान अनुरुप नचलेको आरोप लगाएको छ । भगतले ५ बर्ष सम्म संघको एक पटक पनि साधारण सभा तथा चुनाव जस्ता महत्वपूर्ण काम पनि नगरेको समितिले आरोप लगाएको छ ।

पछिल्लो समितिले गरेको काम बारे प्रेस बिज्ञाप्तीमा प्रस्तुत गर्दै अध्यक्ष रसाईलीले भगतले संघको कामहरु पनि वास्ता नगरेको जनाए । उनले सदस्यता नविकरण जस्ता कामहरुलाई समेत प्रवाभित पार्दै पछिल्लो बहुमतको कार्यसमितिले सदस्यता नविकरण, साधारण सभा जस्ता कामहरुलाई तिव्र दिँदा पनि अवरोध गरिरहेको जनाए ।

भगतले आफै पनि काम नगरेको र कार्यवाहक जिम्मेवारीको आधारहरु सहित संघको नेतृत्वमा रहेर काम गर्न खोज्दा पनि बिभिन्न रोक छेकहरु गरिरहेको प्रति बहुमतको कार्यसमितिले आपत्ति समेत जनाएको जानकारी गराएको छ ।

 

अध्यक्ष रसाईलीले पछिल्लो बहुमतको कार्यसमितिले नगर क्षेत्रमा रहेका व्यापारीहरुलाई एक ढिक्का बनाई व्यापारी, व्यवसायीहरुकै हकहितमा रहेर काम गरिरहेका व्यापारीहरु सामु प्रस्तुत गरेको छ । भगतको अघिल्लो कार्यकालमा व्यापारी व्यवसायीहरुलाई छलकपट गरेर संघको कार्यहरुलाई अगाडी नबढाएकै कारण त्रियुगा उद्योग बाणिज्य संघलाई निकै ठेलो असर पारेको र संघलाई परेको असर सँगै व्यापारीहरु समेतलाई क्षती पुगको भन्दै त्यसैको सुधारमा पछिल्ले कार्यसमिति लागिपरिरहेको सुझाएको छ ।

संघको बचाउ तथा विधि विद्यानलाई प्रयोग गरी व्यापारीहरुको हकहितमा लडिरहेको अवस्थामा पनि प्रशासन तथा सुरक्षा क्षेत्रहरुले समेत समितिलाई अबरोध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सम्बन्धित क्षेत्र प्रशासन तथा सुरक्षा निकायहरुले समेत गल्ती र गलत व्यक्तिरुलाई थप सहयोग गर्दै संघको निति नियमलाई भने असहयोग गरिरहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

संघको यहि पुष ३ गते हुन लागेको साधारण सभा तथा अधिवेशनलाई भगत पक्षले बिभिन्न बाहाना बाजीमा आफ्नै जिद्धिपन र व्यापारिहरुलाई भ्रम छर्दै अबरोध गर्ने नियतले सम्मानित उच्च अदालत बिराटनगरमा निवेदन गरे पश्चात अदालतको अधिवेशन तथा साधारण सभा नगराउन आदेश अनुरुप आफुहरुले सो मितिमा हुने सम्पूर्ण कार्यक्रमहरुहाललाई स्थिगित गर्ने समेत सम्पूर्ण व्यापारीहरु सामु जानकारी गराएको छ ।

अध्यक्ष रसाईलीले सम्मान्नीय उच्च अदालतको आदेश पालना गर्दै पुष ५ गते अदालतमा समेत आफ्नो सहभागी रहने र छलफल गर्ने समेत जनाएको छ । उनिहरुले सहमतिको बाटोलाई व्यपारिहरुको हितको एजेन्डा बनाए सहमतिमै जाने र त्यसको विपरिद गरे पूनः उच्च अदालत सामु आफुहरु पनि प्रस्तुत हुने अध्यक्ष रसाईलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: