बाख्रा पालन र व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न

पूर्णपुष्टि, पुष ८
उदयपुरगढी गाउँपालिका–७ मा बाख्रा पालन तथा व्यवस्थापना सम्बन्धित तीन दिने सम्पन्न भएको छ । पशु पंक्षी विकास शाखाको सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तीन दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
तालिममा पालिकाका ४१ जना कृषकहरुको सहभागिता रहेको थियो । बाख्राको उन्नत जात, बाख्रामा लाग्ने रोगहरु साथै जोखिम न्यूनीकरणको लागि पशुपंक्षीको विमा लगायतको विषयमा स्पष्ट पारिएको र खोर मर्मत बारे पनि जानकारी दिइएको शाखा प्रमुख शेखर कार्कीले बताउनुभयो ।
गत वर्ष पनि कृषकको लागत सहभागीतामा बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धी तालिम, खोर निर्माण तथा मर्मत, दुई वटा बोयर बोका खरिद गरि समूहमा हस्तान्तर, दुई वटा च्यापकटर खरिद गरि समूहमा हस्तान्तरण, औजार उपकरण तथा औषधि खरिद लगायतको कार्यक्रम सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: