शनिवारदेखी उदयपुरगढीमा “घरघरमा माओवादी जनजनमा माओवादी” अभियान

पूर्णपुष्टि, १५ भदौ । माओवादी केन्द्रले संञ्चालनमा ल्याएको “घरघरमा माओवादी जनजनमा माओवादी” उदयपुरको बिभिन्न पालिकामा संञ्चालन भैरहेको छ । उदयपुरमा गाईघाटबाट सुरु भएको उक्त अभियान आठओटै पालिकामा संञ्चालन हुने भएको छ । यसै सन्दर्भमा भोल (शनिवार) देखी भने उदयपुरगढीमा उक्त कार्यक्रम संञ्चालन हुने भएको छ । ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन कार्यक्रम अन्तर्गत घरघरमा माओवादी जनजनमा माओवादी अभियान पार्टीले संञ्चालन गरेको हो । पार्टी केन्द्रीय सदस्य तथा अभियानका उदयपुरगढी इन्चार्ज युक्सामहाङ मेन्याङबोका अनुसार अभियान शनिवार उद्घाटन गर्ने जनाए ।

अभियानको क्रममा भोली देशैभर एकै साथ प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले आम जनता र कार्यकर्ताहरुलाई सम्बोधन गर्ने समेत जनाए । इन्चार्ज मेन्याङबोका अनुसार गढीमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्ने योजनाहरु त्यार भैसकेको जनाए । पहिलो चरणमा पार्टी सांगठनिक बैठक, सरसफाई, बिकास निर्माण र सांसकृतिक कार्यक्रमहरु सहितको कार्यक्रम रहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0