आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

शहीद दिवससंगै उदयपुर पूर्ण खोप सुनिश्चितता घोषणा हुदै (भिडियोसहित)

पूर्णपुष्टि/उदयपुर, माघ १५ गते ।

-भोली अर्थात माघ १६ गते शहीद दिवससंगै उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिदैछ । सोमबार पत्रकार सम्मेलन गरी शहीद दिवससंगै प्रदेश नं. १ को प्रमुख डा. गोविन्द तम्बाहाङको प्रमुख आतिथ्यमा भब्यरुपले घोषणा कार्यक्रम गरिने जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जानकारी दिनुभयो ।

“स्थानीय स्वमित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बृहद र्याली तथा सभाको तयारी रहेको भन्दै प्रमुख परियारले सरोकारवाला सबैलाई सक्रिय सहभागिताको आग्रह गनुभयो ।

साविकको ४० गाविस र ३ नगरपालिका, हालको ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ स्थानीय तहका ७ हजार ८ सय ८९ जना १२ देखि २३ महिनाका बालबालिकाहरुलाई पूर्ण खोप दिलाई घोषणा कार्यक्रम तय गरिएको बताइएको छ ।

स्वस्थ्य सेवा विभाग, बाल स्वस्थ्य महाशाखाका कार्यक्रम अधिकृत भरत भण्डारीले ११ किसिमका रोगविरुद्ध खोप लगाइएपछि पूर्ण खोप हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा जिल्लाका पत्रकार, गैरसरकारी संस्था, सरकारी कार्यालय तथा सुरक्षा प्रमुखहरुकोसमेत उपस्थिति थियो ।

भिडियो खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0