शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

पूर्णपुष्टि, पुष ४
धनकुटामा एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द भएको हो ।
विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड–१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए । पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए ।

१० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए ।
यता, पाख्रिबास नगरपालिकाले भने कोभिड– १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: