Friday, May 22News That Matters

शिक्षण अस्पतालका ६ जना कर्मचारीमा कोरोना पुष्टि

पूर्णपुष्टि, साउन २९

महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा बन्द गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

आकस्मिक बाहेकका सेवा भने खुल्ला नै छ । कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका सय जनाभन्दा धेरैको आज कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भएको छ ।

सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिएको अस्पतालले जनाएको छ ।