
राजेन्द्र दुष्ट
बेल्टार/माघ १८ चौदण्डीगढी नगरपालिकाले शिक्षा क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखेर आर्थिक लगानी गरेको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनुभयो । नयाँ संविधानले शिक्षालाई नागरिकको मौलिक हक भित्र राखेर अघि बढेको कुरा बताउँदै शिक्षा क्ष्ोत्रको विकास र गुणस्तर शिक्षाका लागि ५ करोड बढी रकम नगरपालिकाले विनियोजन गरेको राईले बताउनुभयो ।
शनिबार वडा नं ७ पारुहाङ एकेडेमीको १५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख राईले सो कुरा बताउनु भएको हो । राईले सबै नागरिकहरुको मौलिक हकको रुपमा रहेको महत्वपूर्ण शिक्षालाई सहज वातावरणमा आर्जन गर्नु पर्नेमा जोड गर्नुभयो । सरकारको शिक्षा प्रतिको पहलमा कोहि पनि बञ्चित नभई शिक्षा हाँसिल गर्नु पाउनु पर्ने नागरिकको अधिकार रहेको भन्दै यस बाट कोहि पनि बञ्चित नभई गुनस्तर शिक्षामा सबैजना सहभागी हुने हिसावले शिक्षामा पालिकाले ठुलो रकम विनियोजन गरेको राईले बताउनुभयो । राईले आर्थिक लाभ भन्दा पनि सेवा सुविधाको सकरात्मक प्रभावले शिक्षा क्षेत्रलाई अघि लैजान पनि अनुरोध गर्नुभयो । नैतिक, व्यवहारिक, व्यवसायिक र गुणस्तरको शिक्षामा सबैले जोड पर्ने पनि उहाँले बताउनुभयो ।”

कार्यक्रममा ज्योति उच्च माविका प्रधानाध्यापक अम्रेन्द्र झाले आफ्नो विद्यालयको पूर्व विद्यार्थीहरुको प्रगतिले आफु अत्यन्तै खुसि र उत्साहित भएको बताउनु भयो । गरमाथा आवासिय उच्च माविका प्राचार्य तथा प्याव्सनका केन्द्रीय सदस्य जनक कार्कीले अहिलेको संघिय सरकार शिक्षामा सकरात्मक रहेको बताउनुभयो । १५ वर्ष अगाडी बेल्टारको उत्तरी क्षेत्र विपि चोक देखि पारुहाङ चोक सम्म एउटा विद्यालयको आवश्त्तालाई विगतमा महसुस गर्दै विद्यालय स्थापनाको निम्ति सल्लाह दिएको बताउनुभयो ।
कार्यक्रममा डा. अरुण गुप्ता, नेकपाका १ नं. प्रदेश समितिका सदस्य राजन किराती ‘बासु’ जिल्ला सदस्यहरु शम्भू पौडेल, कुमार खड्का, समाजवादी महिला संघकी केन्द्रीय सदस्य उर्मिला राई, नारद आदर्श माविका प्रधानाध्यापक कुमार खड्का, सगरमाथा आधारभूत विद्यालयका प्रधानाध्यापक अम्मरबहादुर खड्का लगायतका अतिथि सबैले किताबी ज्ञान भन्दा पनि प्राविधिक र व्यवहारिक शिक्षाको आवश्यकता रहेको दर्साउनुभयो ।
बार्षिकोत्सवमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । विद्यालयमा अध्ययन गरेर कक्षा ११ को वार्षिक परिक्षामा व्यवस्थापन संकाय तर्पm सगरमाथा आवसिय माविबाट र्सोत्कृष्ठ भएकी ईञ्जुनेस राई, कक्षा १२ को वार्षिक परिक्षामा विज्ञान संकायतर्पm युनाईटेड एकेडेमी ललितपुरबाट सर्वोत्कृष्ठ हुन सफल समिर खत्री, सिभिल ईञ्जिनियरतर्प नाम निकाल्न सफल नाम्छोङ खम्वू त्यसैगरी नर्सिङतर्पm नाम निकाल्न सफल सन्धया खत्रीलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल छविन्द्र राईद्धार विद्यालयको आय÷व्यय प्रस्तुत भयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बनाएका विभिन्न विज्ञान प्रविधिमा आधारित सामग्रीहरुपनि प्रदर्शन गरिएको थियो
