
माघ १९ गते ।
स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ । घरेलु मैदान ईस्तादियो सान्टियागोमा भएको खेलमा रियल माड्रिडले एट्लेटिकोलाई १–० गोलले पछि पार्दै जित हात पारेको हो ।
खेल सुरु भएको ५६औँ मिनेटमा रियलका बेन्जिमाले एक गोल गरेको थियो । जुन गोल नै निर्णायक गोलसँगै जित हात पारेको थियो ।
२२ खेलबाट रियलको ४९ अङ्क छ भने एक खेल कम खेलेको बार्सिलोनाको ४३ अङ्क रहेको छ । रियलसँगको खेलमा हार व्यहोरेका एट्लेटिको २२ खेलमा ३६ अङ्क रहेको छ ।
