
उदयपुर, बैशाख /१९
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) जिल्ला समिति उदयपुरले शिक्षा क्षेत्रको सुधार गर्न चेतावनी दिदै शिक्षा विकास तथा समन्वय इकाई समिति उदयपुरमा माग पत्र पेश गरेको छ ।
केन्द्रको निर्णयअनुसार ७७ वटै जिल्लाहरुमा माग पत्र पेशको आह्वान गरेको भन्दै उदयपुरमा पनि पत्र पेश गरिएको हो ।
शिक्षा क्षेत्रको बिकृतिलाई तत्काल सुधार गर्न शिक्षालाई व्यापारिकरण, निजिकरण, बनाउन नपाईने भन्दै ६ बुदे माग सहित शिक्षा विकास तथा समन्वय इकाई समिति प्रमुख केदार गरिलाई समितिले पत्र पेश गरेको छ ।
पठनपाठनमा विद्यार्थीहरुलाई सउलेत नभएको र अविभावकहरुलाई चर्को शूल्क लिएर हैरान बनाएको भन्दै यसलाई तत्काल समाधानमा ल्याउन माग पत्रमा आह्वान गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका जिल्ला समिति उदयपुरका उपाध्यक्ष तायनसरी राइले बताईन् ।
विद्यार्थीको हक, अधिकार र शैक्षिक सुधारका पक्षमा समितिले पहिले देखीनै आवाज उठाउँदै आए पनि शिक्षामा झनै बिकृति विसंगती ब्याप्त रुपमा मौलाईरहेको माग पत्रमा उल्लेख छ ।