Wednesday, June 3News That Matters

श्रमिक दिवसको अवसरममा उदयपुरमा चार महिलासम्मानित

पूर्णपुष्टि, फागुन २४
श्रमिक दिवसको अवसरमा उदयपुरमा चार महिला सम्मान्नित भएका छन् । सम्मानित हुनेहरुमा झण्डै ५ दशकदेखि महिला तथा सामाजिक अभियानमा कृयाशिल ओरेक नेपालका पुर्वअध्यक्ष रामवत्ति चौधरी, जिल्ला प्रहरी कार्यालयका जवान तथा सवारी चालक लिला तामाङ्ग, अटोचालक त्रय मालती राई, देविका सार्की र शर्मिला चौधरी रहेका छन् ।

उनीहरुलाई त्रियुगा नगरपालिकाका उपमेयर देविकुमारी चौधरी, गैसस महासंघका १ नम्बर प्रदेशका कोषाध्यष दुर्गानन्द चौधरी लगायतले दोसल्ला, प्रशंसापत्र र नगदले सम्मान गरिएको हो ।
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्लास्थित विभिन्न निकायहरुले अलग–अलग कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् ।

सामाजिक अभियन्ता चौधरीलाई त्रियुगा नगरपालिका र महिला सशक्तिकरण स्रोत केन्द्रको सहयोग तथा ओरेक नेपालको समन्वयमा नगर स्तरीय युवा महिला संस्था र आकाश गंगा साहित्यिक संस्थाले सम्मान गरेको हो । त्यसैगरी अन्य तीन जना सवारी चालकलाई गैसस महासंघले सम्मान गरेको हो । कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक अध्याँरो दिनबाट उज्यालोतर्फ धकेलिँदासमेत महिलामाथि शोषण, दमन, अत्याचार, बलात्कार, विभेद् नहटनु दुःखद भएको बताईन् ।

उनीहरुले महिलाका समस्या, चुनौती, अवसर र विगतका दिनको दिनचर्यालाई समेटेर आफ्नै शैलिमा कविता प्रस्तुत गरेका थिए । उनले भनिन्, ‘समान कामको समान ज्याला नहुनु महिला माथि आर्थिक र समानतामाथिको शोषण हो, त्यसैले यो विभेद् रहेसम्म महिला अगाडी आउनै सक्दैन् ।

उक्त कार्यक्रमकै अवसरमा विद्यालय स्तरीय कविता प्रतियोगितामा समेत गरिएका थिए । प्रतियोगितामा भावना थापा, उषाकुमारी कार्की र विना विश्वकर्मा क्रमश पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको नगरपालिकाका सामाजिक शाखा प्रमुख विश्वजित राईले बताए ।