
पूर्णपुष्टि,फागुन १२
झापामा श्रीमतीको हत्य आरोपमा श्रीमान पक्राउ परेको छन् । दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
हिजो बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईको हत्य गरेका थियो । कुटपिट गरी हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल दमक नगरपालिका–२ बाट राईलाई पक्राउ गरेको हो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
