Wednesday, June 17News That Matters

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पूर्णपुष्टि, माघ २३ गते । झापाको अर्जुनधारा नगरपालिका–८ का ३३ बर्षीय मनोज बस्नेतलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । बस्नेतले आफ्नै श्रीमती ४५ बर्षीय कल्पना पोखरेलको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यि दम्पत्तीको घर उदयपुरको रामपुर २ मा रहेको र हाल उक्त स्थानमा बस्दै आएका थिए । गत शनिबार सामान्य घरायसी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमतीको हत्या गरेका थिए । हत्या गरिसकेपछि घटनालाई ढाकछोप गर्न नजिकै रहेको चौरमा खाल्डो खनेर पुरेका थिए । ।

घटनाको सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो । बस्नेत पक्राउ परेसंगै गाडेको ठाउबाट लाश उत्खनन गरी शव परिक्षणको लागी वि.पि. कोईराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।