Sunday, May 3News That Matters

श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका अमलदार पक्राउ

पूर्णपुष्टि, जेठ २५ । नेपाली सेनाका अमलदारलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट घर भई तुलसीपुर उपहानगरपालिका वडा ६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलका अनुसार ज्वालादल गण बारामा कार्यरत बुढाथोकीले २७ वर्षीया श्रीमती टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ः५० बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेका थिए । यस घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।