
सुनसरी, पुस १० गते ।
सुनसरीको धरानमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । धरान उपमहानरपालिका–१५ मा श्रीमानको कुटाईबाट रमिला राईको मृत्यु भएको हो ।
घरायसी वादविवाद हुदा ४३ बर्षीय काजीमान राईले ३६ बर्षीय रमिला राईलाई बुधवार राती साँढे ८ बजे कुटपिट गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते भएकी रमिलाको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा राती पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ रमिलाको हत्यामा संग्लग्न रहेका राईलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
