Thursday, May 28News That Matters

श्रीमानको लामो आयु र राम्रो श्रीमानको लागि सिवको व्रत

गाईघाट /फागुन ९

सिवरात्रीलाई मान्छेहरुले आआफ्नै तरिकाले मनाउइरहेता पनि नारीहरुले भने ब्यवहारिकता ढंगले सिवरात्री मनाउने गरेको पाइन्छ । सिवरात्रिलाई बिभिन्न नसालु वस्तु सँग दाँजेर नसा प्रयोग गरेर मनाउने व्यक्तिहरु पनि छ । गाँजा भाङ, धतुरोको नसामा सिव खुसी हुने कुरा बुझ्नेहरुले यस पर्वलाई यसरी नै मनाईरहेको पनि पाईन्छ ।

तर नारीहरुले भने यस पर्वमा विबाहित नारीहरुले आफ्नो श्रीमानको लामो आयु र स्वास्थयको लागि व्रत वसेर यो पर्व मनाउँछन भने अविबाहित नारीहरुले पनि भविष्यमा राम्रो श्रीमानको लागि यो ब्रत लिने गरेको बताउँछन् ।

राम्रो श्रीमान मात्रै हैन जिवनमा सँधै सुखि र खुसिको बर माग्दै भविष्यमा आईपर्ने विभिन्न बाधा सँगै शिक्षा स्वास्थय र राम्रो बभिष्यको लागि समेत नारीहरुले व्रतमा सिब सँग बर माग्ने गर्छ ।

पार्वती र सिवको मित्रताको आधारमा श्रीमान र श्रीमतीको पनि सम्बन्धलाई अटल बनाउन यो व्रतको जरुरी रहेको भक्तालु महिलाहरुले बताउँछीन् ।

सिवले पनि पार्वतीको लामो आयुको लागि यसरीनै व्रत वसेको हुँदा सिवको लागि पनि यसरीनै व्रत वस्ने चलन रहेको उनीहरु बताउँछीन् । देशैभरी आज सिवरात्री मनाईरहँदा गाईघाटमा पनि डिम्की मन्दिर स्थित यो पर्व सिवलाई पुजा आरधाना र वर माग्दै धुमधाम मनाईएको छ । घाईघाटको एक मात्रै सिव मन्दिरको रुपमा प्रख्यात डिम्की मन्दिरमा पुजा गर्न भक्तालुहरु विहानै देखी भिँडभाँड रहेको छ ।