Thursday, July 2News That Matters

श्रीलंकामा चौथो पटक महिन्दा राजापाक्षे प्रधानमन्त्री

पूर्णपुष्टि, साउन २६

श्रीलंकामा चौथो पटक महिन्दा राजापाक्षे प्रधानमन्त्री बन्नुभएको छ । हालै भएको चुनावमा उहाँको दल श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि ७४ वर्षका राजापाक्षेले चौथो पटक प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको हो ।

श्रीलंकाको कोलम्बोको केलानियामा रहेको बौद्ध मन्दिर राजमहा बिहारमा शपथग्रहण कार्यक्रम गरिएको थियो ।

उहाँलाई श्रीलंकाका राष्ट्रपतिसमेत रहेका भाइ गाटाभया राजापाक्षेले शपथग्रहण गराउनुभएको हो ।