
पूर्णपुष्टि, फागुन २० गते ।
श्रीलङ्ककाका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेको छ । आगामी अप्रिल २५ मा मध्यवधि चुनाव गराउने घोषणा गर्दै संसद् भङ्ग गरेको हो ।
राजपक्षले संसद्को कार्यकाल पूरा हुनु ६ महिना अघि नै संसद् भङ्ग गरेको हो । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्न कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ उक्त अवधी आइतबार राति नै पूरा भएको थियो ।
यो पनि पढ्नुस् ।
मस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको घैपुमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । म्याग्दी – बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत घैपुमा सोमबार सुख्खा पहिरो जादा एक्स्काभेटर चालक अर्जुन दाहालको मृत्यु भएको हो ।
सडक सफा गर्ने क्रममा एक्स्काभेटर चालक सिन्धुपाल्चोक निबासी दाहालको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले एक्स्काभेटर सडकबाट करिब तीन सय मिटर तल घैपु खोलामा झारेको प्रहरीले जनाएको छ ।
सुख्खा पहिरो खसेसँगै बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ ।
