पुष २६ र २७संघको साधारण सभा तथा अधिवेशन सफल बनाउन व्यवसायीहरुलाई अध्यक्ष रसाईलीको अनुरोध

पूर्णपुष्टि, पुष २३
त्रियुगा उद्योग बाणिज्य संघको कार्यवाहक अध्यक्ष रमेश रसाईलीले यहि पुष २६ र २७ गते हुन गईरहेको माहाधिवेशनलाई सफल बनाउ सम्पूर्ण उद्योग, व्यवसायी, व्यापारीहरुमा अनुरोध गर्नुभएको छ । रसाईलीले बिभिन्न बाधा अड्चन र समस्याका बावजुत पनि संघले यहि पुष अन्तिममै साधारण सभा तथा अधिवेशन सकाउने हिसावले काम गरिरहेको भन्दै सबैलाई अधिवेशनमा सहभागी भई सफल बनाउन अनुरोध गर्नुभयो ।

संघले साधारण सभा साथै अधिवेशन समेत गर्ने गरी कार्यक्रम अघि सारेको अध्यक्ष रसाईलीले जनाउनुभयो । उहाँले अबको संघ पहिलाको जस्तो अलपत्र नपर्ने र व्यपारी व्यवसायीहरुलाई नितिनियम बिहिन नबनाउने गरी अघि बढ्न साधारण सभा तथा अधिवेशन गर्न लागिएको जनाउनुभयो ।

साथै संघलाई चलायमान र मजबुद बनाउन साधारण सभा तथा अधिवेशन सँगै बिधिगत कार्यसमितिको समेत चयन गर्नु पर्ने भएकाले सबैको अमुल्य सहभागी तथा साथ सहयोगको आवश्यक रहेको उहाँले जनाउनुभयो । कार्यक्रम रामजानकी पार्टी प्यालेर्समा हुने समेत जानकारी गराउँदै अध्यक्ष रसाईलीले सबैलाई हार्दिक आमन्त्रणाका सहित साधारण सभा तथा अधिवेशनलाई सफल बनाउन सम्पूर्ण सम्बन्धित क्षेत्रहरुमा अनुरोध गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: