Tuesday, April 21News That Matters

संघिय लोकतन्त्र परिवर्तन हुदैन : केशी

उदयपुर, भदौ २४ गते ।

सानो तिनो प्रहारले संघियलोकतन्त्र परिवर्तन नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुननरसिंह केशीले बताएकाछन् । नेपाल प्रस युनियको आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै केशीले बताएका हुन् ।

दोस्रो जागरण अभियानको क्रममा केशी उदयपुर आईपुगेको छ । नेपालकै पहिलो सर्वशक्तिशाली सरकार नेकपाको निर्माण भएकाले केशीले बताए । तर लोकतान्त्रिक मनोबृति र संघियता भन्दा अलग प्रवितिले अगाडी बढेकाले आरोप लगाएको छ ।

बहुमतको सकार भएकाले कुनै प्रकारको तेस्ता चुनौति नआएको र चुनौती आयो भन्न लजास्पद भएको उनले बताए । चुनैति नभएको होईन गरिबी, असम्पन्नता र भ्रष्टचारको चुनौति भन्दा बाहेक चुनौति सरकारलाई नभएको उनले औल्याएको छ । सरकारले केहि प्रतिपक्षिको नेताको टाउकोमा आरोप लगाएर आफु उम्कन खोजेको आरोपसमेत लगाएको छ ।

सरकारसँग तागत र आँट भए जो कोहि भ्रष्टारीलाई पनि जनता सामु नङ्ग्याएर देखाउँन चुनोती दिदै यो अहिलेको सरकारलाई ठूलो अवसर भएको केशीले बताए । जुन भ्रष्टचार नियन्त्रण सम्बन्धि निकायलाई प्रभावकारी ढंगले परिचालन गर्न नसक्नु पनि हो उनले भने ।

प्रतिपक्षले संघियाताको मर्म अनुसार काम गरे साथ दिने केशीले बताए । प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभावकारी नभएको औल्याउँदै जनताको कर स्थानिय तहको गाउँमा खर्च गरी समृद्ध गाउँ बनाए मात्रै समृद्ध नेपाल निर्माण हुने उनले बताए ।

पार्टीको १४ औँ राष्ट्रय अधिवेशन सकेसम्म चाँडो हुनु पर्ने  यतिबेला पार्टीले विभाग खोल्न नहुने केशीले बताए । गट उपगुट नभई एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिएको थियो ।

दोस्रो चरको जागरण अभियानमा जनस्तरसम्म नयँ संघर्षको जागरण र पाटी भित्र भएका समस्या र त्रुटिहरुहरु समाधान गर्द सहकार्य गर्ने उद्देश्यले अभियान सुरु गरिएको केशीले बताए ।