
पूर्णपुष्टी, भदाै २४
यसवर्षकाे बालदिवस अगामी २९ गते बालबालिकासँग मेयर कार्यक्रमका साथ हुदैछ । मंगलबारकाे बैठकले वडास्तरीय बक्तित्वकला २९ गते र बालबालिकासँँग मेयर कार्यक्रम, सम्मान तथा पुरस्कार बितरण ३० गते गरिने त्रियुगा बाल सञ्जालका अध्यक्ष सुुुुरज खत्रीले बताए ।
बाल अधिकार उपयाेगमा लागूऔषध दुर्ब्यसनकाे दुस्प्रभाव बारे वक्तृत्वकलामा प्रथम हुने १६ वटै वडाका सहभागिलाई पुरस्कृत गरिने जनाईएकाे छ ।
दिवसकाे नारा सुनिस्चित बाल अधिकार, समृद्ध नेपालकाे मुल अाधार रहेकाेे छ ।
