Monday, June 15News That Matters

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

पूर्णपुष्टि, असोज २८

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ ।
राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति निकालेर नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जनाएको छ ।

गोप्य मतदानबाट नेपालसहित एसिया पेसिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान परिषद् सदस्यमा निर्वाचित भएका छन् ।