संरक्षित वन्यजन्तु भालुको पित्तसहित चार जना पक्राउ

पूर्णपुष्टि, मंसिर २४
काठमाडौं महानगरपालिका–१५ चमतीबाट संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) सहित प्रहरिले चार जनालाई पक्राउ गरेको छ ।

पाल्पा माथागढी गाउँपालिका–५ सत्यावतीका २० वर्षीय विशाल सुनारी, पश्‍चिम रुकुम मुसीकोट नगरपालिका–१० खड्काटोलका ४६ वर्षीय हरिबहादुर खड्का, तानसेन नगरपालिका–१० गाबुडाँडाका ३२ वर्षीय टोप बहादुर राना र चन्द्र निगाहापुर नगरपालिका–५ मंगलपुर दोभानटोलका २९ वर्षीय धनबहादुर विश्वकर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले नियन्त्रणमा लिएको हो । ब्युरोका अनुसार पक्राउ परेको चारै जनालाई कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: