Tuesday, April 21News That Matters

संस्थाको मर्यादा माथि आँच पुर्याएको भन्दै मोबाइल व्यवसायी संघको ध्यानाकर्षण

पूर्णपुष्टि, पुस १८ गते ।

उदयपुर मोवाईल व्यावसायी संघले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको राजिनामा दिने स्वतन्त्रताको सम्मान गरिएको तर संस्थाको मर्यादामाथि आँच पुर्याउने गरी दिएको अभिब्यक्तिको भत्सर्ना गरेको जनाएको छ ।

विज्ञप्तीमा व्यवसायि तथा सामाजिक हितका लागि स्थापना भएको संघको मर्यादामाथि आँच पुर्याउने अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उपाध्यक्ष  पोखरेलको विज्ञप्तीमा भनिएको अस्वस्थ प्रतिष्पर्धा र उपभोक्ताको अहित भन्ने आरोपको खण्डन गरिएको छ । “उपाध्यक्ष पोखरेलले राजीनामा दिनु व्यक्तिगत स्वतन्त्रता हो, हामी त्यसको सम्मान गछौं तर, समितिलाई जानकारीसम्म  पनि नदिई  एक्कासी विज्ञप्तीबाजी गर्नु संस्थाको हित विपरित हो त्यसमा पनि व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा हुने र उपभोक्ताको अहित हुने कुरा छ । यो सरासर गलत र भ्रामक अभिब्यक्ति हो । यसको हामी घोर भत्सर्ना गर्दछौं ।” विज्ञप्तीमा भनिएको छ ।

उपाध्यक्ष पोखरेलले विज्ञप्ति प्रकाशित गरी विभिन्न संचारमाध्यमहरुमा समेत समाचार प्रकाशन भएपछि संस्था र सिंगो मोवाईल ब्यवसायप्रति नकारत्मक भ्रमहरु सिर्जना भएको भन्दै यस्तो भ्रममा नपर्न उपभोक्ता तथा सर्बसाधारणलाई आग्रह गरिएको छ । “केहि नकारात्मक भ्रम पैदा भएकाले विज्ञप्ति मार्फत प्रस्ट्याउन चाहेका हौं ।” विज्ञप्तिमा भनिएको छ ।

संघका अध्यक्ष कोषराज दाहाल (कौशल) र महासविच भुवन राउतद्वारा हस्ताक्षरित विज्ञप्तीमा विज्ञप्तीमा आएको कपोकल्पित र भ्रामक कुराको विश्वास नगर्न र संघ सदैब सम्पूर्ण उपभोक्ता र व्यवसायिको हितमा रहकदै काम गर्ने प्रतिबद्धता जनाइएको छ ।

विज्ञप्ती