Tuesday, April 21News That Matters

लघु उद्यम विमा प्रभावकारी बन्दै

उदयपुर, पुस १८ गते । 

उदयपुरमा लघु उद्यम विमा प्रभावकारी बन्दै गएको छ । कृषी क्षेत्रका पशु, पंछि र बालीको समेत विमा गर्न थालेपछि लघु उद्यम विमा प्रभावकारी बन्दै गएको हो ।

नेपाल विमक संघको आयोजना तथा युके एण्ड सक्षमको सहकार्य र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीको व्यावस्थापनमा शुक्रबार लघुविमा सम्बन्धि देशव्यापी अभिमुखिकरण कार्यक्रममा भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरुको समेत उपस्थिति रहको भएको थियो । कषी क्षेत्रको विमा गर्ने भएकाले ग्रामिण भेगका सर्वसाधरण जनतलाले बढी सेवा लिन थालेको छ ।

ग्रामिण भेगका साना ठूला कृषकहरुले पशु चौपाया र बालीको विमा गर्न पाएकाले निकै प्रभावकारी बन्दै गएको देखिएको छ ।  गार्हस्थ, दुर्घटना, स्वास्थ्य, लघु उद्यम, पशुधन,बाली विमा गर्ने भएकाले कृषकहरुले लाभ लिन थालेको लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी उपशाखा गाईघाटले जनाएको छ ।

लघु विमाले कृषहरुलाई भैपरी आउने विपत्तबाट सुक्षीत गर्ने कम्पनीका सहायक प्रवन्धक नवराज तिमलसिनाले बताए । बालीमा लाग्ने विभिन्न रोग र किराको प्रकोपबाट हुने क्षती र पशु चौपायको दुर्घटनाबाट कृषकहरुलाई विमाले सुरक्षित गर्ने उनले बताए ।

लघु उद्यम विमा नेपालको २० जिल्लामा संचालन भएको छ । पशु चौपाय, बाली र पंछिको विमा गर्दा ७५ प्रतिशत नेपाल सरकारले तिरी दिने भएकाले कृषकले २५ प्रतिश मात्रै तिर्नु पर्ने लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी उपशाखा गाईघाटका उपशाखा प्रबन्धक सुदिप चौधरीले बताए  ।

नेपालमा ४५ हजार भन्दा बढी घर परिवार लाभान्वित भएका छन् भने ३ हजार ४५ जनाले ९२ लाखबरारको दावी विमा गरका छन् । २३ हजार पोलेसी रहेको कम्पनीले जनाएको छ । उदयपुरमा अहिलेसम्म एक सय ७८ घर लाभान्वित भएको कम्पनीले जनाएको छ ।

फोटो फिचर