
पुस १८ गते ।
आज कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५० तोकेको छ । हिजो यसको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २६ पैसा थियो ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९९ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ १ पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको थियो ।
कोरियन वनको भाउ भने घटेको छ । आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ६४ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३ सय ७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ८६ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ १२ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो १ को खरिददर ३ सय १ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ५ पैसा रहेको थियो ।
