
पूर्णपुष्टि, भदौ १ । उदयपुरको सदरमुकाम गाईघाटस्थित सगरमाथा मोडेल स्कुलले तनावमुक्त, मनोरञ्जनात्मक, व्यावहारिक सिकाईका लागी पाठ्यपुस्तक तथा झोला मुक्त ह्याप्पी फ्राईडे प्रोग्रामको सुरुवात गरेको छ ।
पाठ्यक्रमको व्यावहारिक प्रयोगद्धारा दिगो सिकाइलाई सुनिश्चित गर्न, व्यावहार कुशल, जिवन उपयोगी सिप, बालबालिकामा विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिईएको छ । उत्साह र खुसी विद्यार्थीबाट मात्र सिकाई सम्भव हुने भएकोले विद्यार्थीको रुची र क्षमता अनुरुपका अति क्रियाकलाप आयोजनामा सम्पूर्ण विद्यार्थीलाई सहभागी गराई कार्यक्रम आयोजना गर्न थालिएको विद्यालयका प्रबन्ध निर्देशक प्रकाश खत्रिले बताएका छन् ।
पाठ्यक्रम अनुरुपमा परियोजना कार्य र विद्यार्थीको प्रतिभालाई प्रष्फुटन गर्ने अन्य संगित, खेलकुद, वक्तित्क कला, हाजिरी जवाफ चित्रकला, हस्तकलाका कार्यक्रमलाई प्राथमिकतामा राखिने छ ‘उनले भने’ बालबालिकाको दैनिक जिवनमा उपयोगी सिप विकास गर्दै आत्मनिर्भर नागरिकको निर्माणका लागी थालिएको यस कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकासको क्षमता अभिवृद्धि गर्नका साथै समस्याको पहिचान गरी समाधान खोज्ने सक्ने क्षमताको विकास हुनेछ ।
‘उक्त दिन विद्यार्थीलाई विभिन्न रुची समुहमा विभाजन गरी अनशिक्षण तथा प्रशिक्षणका गतिविधि गराईने साथै भित्रेपत्रिका प्रकाशन, साहित्यकला, कृषी तथा करेसाबारी सम्बन्धी कार्य, विद्युतिय उपकरणको मर्मत, नृत्य, वाद्यवाधन तथा अभिनय, स्वास्थ्य तथा सरसफाई, पाक शिक्षा, योगसाधना तथा प्रवचन, विज्ञान तथा हस्तकलाको सामाग्री निर्माण तथा प्रदर्शनी गरिने कार्यक्रम संयोजक रमेश परियाले जनाए ।