
पूर्णपुष्टि, जेष्ठ ४ । सगरमाथामा बेपत्ता भएका २ मंगोलियन आरोहीमध्ये एकको शव फेला परेको छ । जेठ १ गतेदेखि चौथो क्याम्पबाट बेपत्ता भएका युखजर्गल सिडेनडम्बाको शव फेला परेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।
निर्देशक गुरुङका अनुसार उनिसँगै बेपत्ता भएका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको छ । प्रतिकुल मौसम पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ ।