
पूर्णपुष्टि, २६ माघ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उदयपुरमा निर्मण हुने सगरमाथा विमानस्थलको लागि मन्त्रालयबाट पाँच करोड बजेट बिनियोजन भैसेको जनाएको छ । शुक्रबार उदयपुर स्थित त्रियुगा नगरपालिका १ जोगिदहमा पर्ने निर्माण स्थानको निरिक्षण गर्दै मन्त्री किरातीले बजेट छुट्टी सकेको जनाए । उनले बजेट छुटिए सँगै काम पनि तत्काल अघि बढाईने जनाएको छ ।
विमानस्थल निर्माणका लागि रु दुई करोडभन्दा बढी खर्च भइसकेको र वन तथा वातावरण मन्त्रालयले जग्गा भोगाधिकार दिइसकेको भन्दै उपभोक्ता समितिका सदस्य रुद्र अधिकारीले विमानस्थल निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको बताए । उनका अनुसार विमानस्थल निर्माणका लागि एक सय ५६ दशमलव ११ हेक्टर जग्गा व्यवस्थापन भइसकेको छ । यहाँ कूल एक हजार चार सय मिटर लम्बाई र ४० मिटर चौडाईको विमानस्थल निर्माण हुनेछ ।
विमानस्थल सञ्चालनमा आउँदा सुनकोशीको दोलालघाटदेखि सप्तकोशीको चतरासम्मका र्याफ्टिङ र चतराबाट उदयपुरको सगरमाथा हवाई मैदान भएर हिमाली क्षेत्र भ्रमण गर्न, हलेसी क्षेत्र पुग्नका लागि सहज हुने उनको भनाइ थियो । हवाई मैदान निर्माण समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नेता राजकुमार राईले विमानस्थल सञ्चालनमा आए सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुरका साथै भातरीय र भुटानबाट पर्यटक ल्याउन सकिने छ।
