
पूर्णपुष्टि, जेष्ठ २६
हिमाल, पहाड र तराईलाई छोटो दुरी बाट जोड्ने उदेश्येले निर्माण भैरहेको विस्तारीत सगरमाथा हाईवे सडकको स्तरउन्नतीले फड्को मार्दै गएको छ । यो हाईवेले उदयपुरको मुर्कुची, पुवाँरे, बास्बोटे कुनाई बाट सुनकोसी नदी तरेर हलेसी मन्दीर हुँदै हिमाली जिल्लाहरु ओखलढुंगा, सोलुखुम्वु जस्ता महत्वपूर्ण ठाउँ सम्म पुग्न सहज र छरितोको भुमिका खेल्ने छ ।
सोहि स्तरउन्नतीलाई अगाढी बढाउने भन्दै सगरमाथा हाईवे अन्तर्गत हलेसी स्थित जनकराज राई मार्ग सडकलाई केन्द्रीय सरकार र प्रदेश सरकागरले १ करोड बढी बजेट बिनियोजन गरिदिएको छ । उक्त बजेट बिनियोजनका लागि बिषेशगरी संघिय समाजवादी पार्टी खोटाङका युवा नेता अन्जिल हांङ राई सहितको व्यक्तिहरुले पहल गरेको छ । जनता समाजबादी बिद्यार्थी युनियन १ न प्रदेशको अध्यक्ष समेत रहेका किराँतीले प्रदेश सरकार र केन्द्रीय सरकारलाई बजेटको बारे पहल गर्न भुमिका खेल्दै बिभिन्न व्यक्तिहरुलाई सहयोग समेत मागेका थिए ।
खोटाङको हलेसी चुवाचुङ नगरपालिका ५ दुर्छिम छापडाँडाँ बाट छैटोघाट सम्मको सडक स्तरउन्नतीका लागि केन्द्रीय सरकार बाट १ करोड र प्रदेश सरकार बाट २१ लाख ५५ हजार बजेट छुटिएको किँरातीले जनाए । बजेटका लागि बिषेश समन्वय र सहयोगका भुमिका पात्रका रुपमा जसपाका बरिष्ठ नेता असोक राई, अर्थमन्त्री जनार्दद शर्मा र प्रदेश मन्त्री इन्द्र आङ्बो लगायत व्यक्तिहरु रहेको राईले जनाए । उक्त सडक करिब १२ किलोमिटर रहेको छ । हिमालको सोलु, ओखलढुङगा र पहाडको खोटाङ उदयपुर हुँदै तराईको, सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी लगायतका ठाउँलाई छोटो दुरी कायम गर्न यस सगरमाथा हाईवेले ठुलो भुमिका खेलेको छ । यति मात्रै नभई प्रदेश नं १ का राजधानी विराटनगरलाई समेत यस सडकले नजिक जोडेको छ ।

नेपालकै महत्वपूर्ण धामिर्कक स्थल मानिएका हलेसी मन्दीरका लागि बिषेश यो सडकले ठुलो भुमिका खेल्छ । देश बाहिर भारतका बिभिन्न ठाउँ बिहार, दार्जिलिङ, सिक्किम र भुटान बाट समेत हलेसी धाममा पुजा गर्न आउने तिर्थालुहरु पाहरुको घुँईचो लाग्छ । उनिहरु कयौँ दिन लगाएर मन्दिर आउने गर्छ । छोटो र सहज बैकल्पीक सडक नहुँदा उनिहरु बिभिन्न ठाउँहरु छिचोल्दै त्यस ठाउँमा पुग्नु पर्ने बाध्यता छ । यता नेपालको पूर्वी इलाम, भोजपुर, संखुवासभा, पाँचथर लगायत जिल्लाहरुबाट आउने भक्तालुहरुलाई समेत यो सगरमाथा हाईवेले सहज बनाउँछ । यो सडक सिधै उदयपुर बाट जोडिएर लिम्चुङबुङ गाउँपालिकाबाट सुनकोसी पार गरी डाईरेक्ट हलेसी छुन्छ । जस्ले गर्दा धेरै गुम्तीहरु घुम्तीहरुबाट बच्न सकिन्छ । यो हाईवे बाहेक अन्य दुई बाटोहरु उदयपुरबाट रसुवा हुँदै खोटाङको बिभिन्न ठाउँहरु बाट जानु पर्ने हुन्छ भने यता अर्को कटारी बाट लामो दुरी घुमेर जानु पर्ने हुन्छ । यी दुवै बाटोहरु निकै लामो अप्ठ्यारो र घुम्ती समेत रहेको छ । यस हाईवे हलेसी जाने भक्तजनको लागि त बिषेश छँदै छ, सोलुखुम्वु र ओखलढुंगा जाने प्रदेश नं १ को बिभिन्न जिल्लाहरुलाई पनि सहज बनाउँछ ।
यसरी सिँधै सगरमाथा हाईवे जोडिदा यात्रुहरुलाई कम खर्च, कम समय, सहज यात्रा र जोखिम मुक्त यात्रामा सहयोग पुराउँदछ । नेपालकै ठुलो धार्मिक स्थलका रुपमा रहेको हलेसीलाई यस हाईवेले केन्द्रीद गरेको छ । हलेसी दर्शनका लागि नेपाल तथा नेपाल बाहिर बाट दैनिक सयौँ, हजारौँको संख्यामा तिर्थलु तथा भक्तजनहरु आउने यस ठाउँलाई सगरमाथा हाईवेले प्रमुख प्राथामिकताका साथ हेरेको छ । यसैँ ठाउँमा आउने हजारौँ भक्तालुहरुका लागि बिषेश छ, सगरमाथा हाईवे । यस बाहेक पनि अन्य जिल्लाहरुमा सहज सडको रुपमा निर्माण भईरहेको छ ।

हलेसी धार्मिक स्थलले भरिपूर्ण ठाउँ हो । यस्लाई धार्मिक सहिस्नुताले पनि पहिचान दिन सकिन्छ । यो ठाउँ किराँत धर्म, हिन्दु धर्म र बौद्ध धर्म समेत गरी ३ धार्मिक स्थलको रुपमा मानिएको छ । यसलाई किराँतीहरुको उत्गम स्थल समेत मानिएको छ भने, किराँतीहरुले धर्मिक आस्थाको केन्द्र विन्दुनै बनाएको छ । त्यस माथी डाँडाँमै तुवाचुङ र जायजुङ रहेको छ । तुवाचुङ र जायजुङलाई किराँतीहरु उत्पति भएको ठाउँ भनेर बिषेश मानिन्छ । त्यसै कारण यहाँ धेरै किराँत भक्तहरु समेतको घुँईचो लाग्ने गरेको छ । अर्को हिन्दु धर्मलम्वीहरु पनि यस ठाउँमा अत्यादिक आउने गरेको छ । यसलाई हिन्दुहरुको पूर्वको पशुपतिनाथ समेत भनिएको छ । यसैगरी बुद्ध धर्मलम्वीहरुले समेत यस ठाउँलाई बिषेश मानेको छ । यहाँ बौद्धहरुको गुरु पद्मसम्भवले पनि लामो समय तपश्या गरेको ठाउँ रहेको हुनाले बौद्ध धर्मलम्वीहरुको समेत बाक्लो उपस्थिति र आस्था रहेको ठाउँ हो । यो ठाउँ निकै बिषेश यस काराण्ले पनि मानिन्छ की ? विश्वको कुनै पनि देशहरुमा ३ धर्महरुले एकै ठाउँमा पुज्ने स्थान कमै हुन्छ । नेपाल बाहेक अर्को देश इजरायलमा रहेको र बाँकी नेपालकै हलेसीमा रहेको खुलेको छ ।

यी कारण पनि हलेसीलाई बिषेश ध्यान राखेर सगरमाथा हाईवेलाई पछिल्लो समय ध्यान दिरहेको अवस्था छ । जनकराज राई मार्ग पहिले पनि स्थानीतह बाट पैसा उठाई खनिएको थियो । सोही बाटो मर्मत संघारको लागि हाल केन्द्र र प्रदेश बाट १ करोड २१ लाख ५५ हजार बजेट पास भएको हो । केन्द्रकी भौतिक तथा यातायात मन्त्री रेनु यादब र प्रदेश मन्त्री हिमाल कार्कीलाई पहल कदमी चाले सँगै यो बजेट आउन सफल भएको युवा नेता राईले जनाए ।
जसपा नेता राईले बजेटका लागि पहल गर्दिने सहयोगी पात्रहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् । सहयोगी भुमिका खेल्ने युबा नेता मबिन्द्र राई, बन तथा बतावरन मन्त्री स्वकिय सचिब प्रकाश राई र युबा नेता दयाराम राईले समेत यस बजेटका लागि ठुलो सहयोग गरेको राईले जनाए ।
सगरमाथा हाईवे, उदयपुरको लिम्चुङबुङ भ्युटावर हुँदै हलेसी
यस सगरमाथा हाईवेले उदयपुरको बिभिन्न ठाउँ छोएको छ । मदन भण्डारी राजमार्ग सँगै गाईघाट, मुर्कुची, पुवाँरे, बास्बोटे, कुनाई हुँदै लिम्चुङबुङ गाउँपालिका लाई समेत समेटेको छ । लिम्चुङबुङ र हलेसीको बिचमा रहेको सुनकोशीले यसलाई टुक्राएको छ ।टुक्रियको सो सडकलाई जोड्न लिम्चुङबुङ गाउँपालिको बिषेश भुमिका छ । यसलाई सहजीकरण गर्न तथा सडक जोड्न सुनकोसीमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढी सकेको छ । उक्त पक्की पुल निर्माणको लागि लिम्चुङबुङ गाउँपालिका अधयक्ष मेजर कुमार राई र अन्जिल हाङ किराँतीको संयुक्त प्रयास कदमीमा भौतिक पूर्वधार मन्त्रालय बाट टेन्डर आह्वान भैसकेभैसकेको जनाईएको छ ।

यो सडक निर्माण पश्चात यात्रुहरुलाई धेरै सुविधा मिल्ने लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईले जनाए । यसका लागि आफुले केन्द्र सम्म ठुलो पहल गरेको जनाए । यस सडक निर्माणका लागि अफ्नो स्थानीय पालिका र केन्द्र प्रदेश सम्मै पहल गरेर हाल सडकलाई डाईरेक्ट जोड्न यहाँ पुलको समेत व्यवस्था हुने क्रममा रहेको राईले जनाए । यो सडक हुँदै हलेसी जाँदा लिम्चुङबुङ बाट देखिने ७ ओटा हिमालहरुलाई अबलोकन गर्दै जान सकिने छ । पालिकाको वडा नं १ मा रहेको एभरेष्ट भ्यु टप बाट ७ हिमाल अवलोकन गर्न सकिने छ । यस ठाउँवा सगरमाथा सहित ८ हजार माथिका ७ हिमालहरु देख्न सकिने छ ।

