सञ्चारकर्मीमाथि हातपात : नेविसंघका उपाध्यक्ष पक्राउ

पूर्णपुष्टि, पुष २९
सोलुखुम्बुका अन्नपूर्ण संवाददाता सुवास दर्नाललाई हातपात गर्ने एक युवक पक्राउ परेको छ । रिपोर्टिङमा खटिएका सोलु एफ. एम. मा समेत कार्यरत दर्नासहित सञ्चारकर्मी रमन नबमाथि हातपात गर्ने माप्यदुधकोशीका जीवन बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई माप्यदुधकोशी गाउँपालिका–५ स्थित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गत मंसिर १४ गते कांग्रेसको जिल्ला अधिवेशनको रिपोर्टिङमा खटिएका दर्नाल र बनलाई रिपोर्टिङकै क्रममा नेविसंघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायतका कार्यकर्ताले हातपात गरेका थिए ।


रिपोर्टिङमा प्रयोग गरिएको मोबाइल, माइक, रेकर्डरसहितका सामग्रीमा क्षति पुगेको छ । उनीहरुविरुद्ध पीडित पत्रकारले अभद्र व्यवहार गरेकोमा मुद्धा दायर गरेका छन् । घटनापछि तीनै जना फरार भएका थिए । एक जना पक्राउ परे पनि अन्य दुई जना अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: