
पुर्णपुष्टि माघ २३
बेपत्ता भएकी एक बृद्धाको शव फेला परेको छ । महिलाको शव सडेको अवस्थामा भेटिएको छ । पाल्पाको माथागढि गाउँपालिका २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका ८ मा बसोबास गर्ने ७७ बर्ष की हिराकुमारी चिदिको शव भेटिएको प्रहरिले बताएका छन् ।
बृद्धा गत पुस ४ गते बाट हराईरहेकी स्थानीयहरुको भनाई छ ।
यस घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले बताएको छ ।
