
पूर्णपुष्टि, माघ २४
जिल्ला खेलकुद विकास समिति उदयपुरलाई सुनचाँदी व्यवसायी संघ उदयपुरले ट्ंयाङकी सौजन्य गरेको छ । शुक्रबार कार्यालय परिसरमै पुगेर जिल्ला खेलकुद विकास समिति उदयपुरका प्रमुख प्रकाश राईलाई ट्ंयाङकी हस्तान्तरण गरेको छ ।
१ हजार लिटर बराबरको टप हिल पानी टं्याङकी सुनचाँदी ब्यवसायीका अध्यक्ष गजेन्द्र बराईली र अन्य पदाधिकाारीहरुले खेलकुद कार्यालयलयका प्रमुख राईलाई हस्तान्तरण गर्नुभएको हो ।
राई केहि समय पहिला मात्र समितिमा प्रमुखको रुपमा नियुक्ति हुनु भएको हो । राईले कार्यालय व्यवस्थापन कम्जोर रहेको र आफु आएको पहिलो चरणमै कार्यालयको व्यवस्थापनलाई प्रथामिकताका दिने बताउनुभएको थियो । पहिले कार्यालयलाई चुस्त दुरुस्त बनाई अन्य काम गर्न सहज हुने भन्दै यस बिषयमा सबै सम्बिन्धित निकायहरु सँग छलफल चलाउने राईले बताउनुभएको थियो ।
उहाँले यसका लागि सम्पूर्ण क्षेत्र बाट सहयोगको माग समेत गर्नुभएको थियो ।
