
पूर्णपुष्टि, माघ २५
केहि दिन पहिला मात्र युट्युवमा श्रीमती हराएका एक लाहुरे फेला पर्यो । आफु पल्टनमा रहँदै १ महिना देखि श्रीमती बेपत्ता रहेको भन्दै युट्युवको अन्तरवर्तामा आए । युट्युब अन्तरवार्ता पश्चात उनको श्रीमती काठमाण्डौको एक होटलमा अर्कै केटा सँग फेला पर्यो ।
माया जालझेलमा पारी आफुलाई त्यहाँ सम्म पुराएको लाहुरेको श्रीमतीले स्मिताले बताईन् । गोर्खाको पालुङटार नगरपालिका ९ का राहुल गुरुङ र राहुलको श्रीमती स्मिता गुरुङले बिभिन्न समस्यालाई चुनौती दिँदै फेरी आफ्नो अमुल्य जिवनलाई अघि बढाएको छ ।
१ महिनाको लामो खोजतलास पश्चात श्रीमती भेढ्दा मात्रै पनि राहुलको मनामा शान्ति भएको थियो । माईती परिवारबाट छोरीको चिन्ता गरिरहेको माईती परिवारले छोरी तत्काल खोज्न अनुरोध गरिरहेका थिए । अन्तवार्तामै उनले माइती पक्ष बाट टेन्सन भईरहेको बताएका थिए । राहुलले जाहाँ छौ जस्तौ छौ हामिलाई जानकारी गाराउ हामिलाई ढुक्क त हुन्छ भनेर अन्तरवार्तामै पनि श्रीमतीलाई अनुरोध गरेका थिए । राहुलको बिभिन्न चिन्ता मनमा खेलीरहेको थियो । काहाँ के बनायोकी यसको दोष आफुमा आईलाग्ने होकी भन्ने बिषयले टेन्सन भएको उनले जसरी पनि कन्ट्याक्टमा आउन श्रीमतीलाई अनुरोध गरे ।
नाभन्दै काठमाण्डौको एक होटलबाट फोन आयो । होटलमा एक सामाजिक संञ्जालमा चिनजान भएको इन्जिनियर बताउने नारायन नाम गरेको एक व्यक्ति सँग फेला पर्यो । उनले त्यो व्यक्तिले आफुलाई दुरुपयोग गर्न लगेका रहेछन् भन्ने कुरा पछि मात्र पत्ता पाएको सामाजिक संञ्जालहरुमा प्रतिक्रिया दिएकी छिन् । स्मिताले आफुलाई बेच्न लगेको रहेछ भन्ने प्रहरी बयान समेत भनिन् ।
राहुल र अस्मिताको भन्दा पनि ३ बर्षिय छोरीको भबिष्यका लागि एक महान लाहुरेले फेरी पनि आफ्नो श्रीमतिलाई साथ दिने निर्णय गरे । यो निर्णयले छोरीको मायामा ब्याप्त रहेको राहुल र अस्मिताको दम्पती परिवार मात्रै नभई समाजमै खुसीको ओईरो छाएको छ । अझै यस्तै पिडित पात्रहरु त धेरैनै भावुक र खुसी भएको छन् ।
एक निर्दोष बच्चा आमा बाबुको गलत निर्णयका कारण गल्तिको सजायको भागेदार बन्नु पर्ने अवस्थाबाट बन्चित गराउँदै पुरानो गल्तीलाई बिर्सेर बाँकी जिन्दागी सफल बनाउने निर्णयमा ति दम्पतीले पुर्नमिलनको माहान निर्णय गरे ।
उनिहरुको निर्णयप्रति सबैले सकरात्म निर्णय भनेका छन् । आउँने दिनहरुमा भने यस्तो गल्ती बाट टाडै रहन स्मितालाई अनुरोध गर्दै बाँकी पारिवारिक जिन्दागिलाई सफल पार्न सबैले अनुरोधका साथ बधाई दिइएका छन् ।
राहुल र स्मिताको दम्पतीलाई पालुङटार नगरपालिका ९ का वडा अध्यक्ष भेषराज पाण्डेले खादा लगाईदिएर पुनर्मिलनको लागि बधाई दिएका छन् । आज समाजका एक महान जोडिएको रुपमा प्रस्तुत भएको भन्दै राष्ट्रमै यो उदाहरणीय कार्य रहेको अध्यक्ष पाण्डेले बताए । पाण्डेले दुवैजनालाई पुनरर्मिलनको संज्ञा दिदैँ शुभकामना व्यक्त गरे । अध्यक्ष पाण्डेले ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनर्मिलन जोड गरेको बताए । हामीले देखाउनका लागि मात्रै की मनबाटै हो ? भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकार्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गराएको छौ अध्यक्ष पाण्डेले भने ।’
३ बर्षको छोरीसमेत भएकी स्मिताले परपुरुषसँग भागेपछि तनावमा रहेका राहुलसँग बिवाहको प्रस्ताव गर्दै धेरै युवतीले प्रस्ताव समेत गरेको बताइएको थियो । तर शुक्रबार राहुल र स्मिताबीच नै पुनर्मिलन भएको छ । उनीहरुबीच पुनर्मिलन भएपछि सोही वडामार्फत विवाह दर्ता गराइएको हो ।
