
बुद्धि चामलिङ राई
उदयपुर, असार १७
आठ बर्ष अघि २०६९ साल जेठ २४ गते बिहिबार त्रियुगा नगरपालिकाको वडा नम्बर १२ पुरानो गाइघाट स्थित थरुहट रंगशालाको पुर्बी भागमा स्थानिय किसान बारिमा गोरु जोत्दै थियो । सिमसिम पानी पर्नलाई आकाश गड्याङगुडुङ गर्न थालेपछि चट्याङ लागेर उनको एक हल दुई वटा गोरु जोतेकै ठाउमा चट्याङले मरे । चट्याङ थोरै समय पर्ने हुदा उनले आफ्नो हल गोरु ५ सेकेण्डको चट्याङका कारण गुमाउनु पर्यो ।
अहिले वर्षायाम सुरु भइसकेको छ । अधिकाश मानिसहरु अहिले खेतबारिमा खेतिको चटारोमा छ्न । कति खेर घाम लाग्ने, कति खेर पानी पर्ने टुङ्गो हुन्न । सानोतिनो पानी पर्दा, सिमसिम पानी पर्दा पनि कृषकहरु खेती मै काम गरिरहेका भेटिन्छ्न । मेलोपातको काम रोक्न कि मुसलधारे पानी नै पर्नु पर्छ नत्र काम मै कृषकहरु अभ्यस्त हुन्छ्न । घाम , पानी भन्दा पनि कृषक लाई खेती सक्न हतारो हुन्छ । यस्तै समय मा कहिले काहीँ यक्कासी आकाश गर्जन सहित चट्याङ पर्दा धेरै मानिसले अकाल मै दुखद ज्यान गुमाउन पुग्छ । गत असार ११ गते बिहिबार नेपालमा चट्याङले ७ जनाको ज्यान गयो भने भारतमा १ सय सात जनाको ज्यान गयो । नेपालमा चट्याङबाट ज्यान गुमाउने हरुमा सप्तरिका ४ जना थिय भने बाकी ३ जना मकवानपुर र कपिलबस्तुका हुन । त्यस भन्दा केही दिन अघि रुपन्देहिमा एक जनाको मृत्यु भयको थियो ।
असार १३ गते शनिबार दिउँसो ४ बजे उदयपुर जिल्लाको चोउदन्दी नगरपालिका वडा नम्बर ५ का स्थानिय १८ बर्षिय दिपेश मगर चट्याङ परेको आवाजले बेहोस भइ घाइते भइ उपचारको क्रममा धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उनको मृत्यु भयको थियो । उनी घर नजिकै खेतमा काम गर्दै गर्दा नजिकै खोलामा परेको चट्याङको आवाजले बेहोस भयका थियो । गत बैशाख ८ गते सोमबार उदयपुर जिल्लाका विभिन्न ठाउमा परेको चट्याङले ६ जना घाइते भयका थियो । प्रहरिको अनुसार नेपालमा बर्षमा सरदर ५५ जना मानिसको चट्याङले ज्यान जाने गरेको छ । बिज्ञ नास्टका प्रबक्ता सरोज ढुङगेलका अनुसार चट्याङ सामान्य मोउसम परिबर्तन भयको बेला आकाशमा कालो बाडल मडारिदा चट्याङ पर्ने गर्छ ।
आकासमा कालो बादल मडरिदा, बिजुली चम्कदा र पानी पर्दा चट्याङ पर्छ । पानी पर्दा रुखहरु भिजेका हुनाले रुख बिधुत सर्ने सुचालक माध्यम बन्दिन्छ । आकाश मा कालो बादल, मडरिदा तुरुन्त घर भित्र आउने, या ठूलो गाडी बस हरु भय त्यहा भित्र बसेर सुरछित रहन सकिन्छ । यो वर्षा याम मा खेतिपातिको समय भयकाले यस्तो आकाश मा कालो बादल मडारिन थाल्नु बितिकै घर भित्र बसेर सुरछित रहन सकिन्छ । यस्तो बेला रुख मुनि या खाली मैदान मा बसियो भने खतरनाक हुन्छ ।
वर्षा याममा जमिन बाट उठेको चिसो र आकाश को तातो तिब्र गतिको बादल जुदे पछि करेन्ट उत्पन्न हुन्छ र त्यस बाट ठुलो आगोको मुस्लो निस्किदा बिजुली चम्कन्छ । त्यो शक्तिशाली बिधुतिय तरङ्ग पृथ्बिमा प्रबाहा हुनु नै चट्याङ पर्नु हो । चट्याङ पर्दा तीस हजार एमपियर इलेक्टिकल करेन्ट उत्पन्न हुन्छ । यस बाट बच्ने उपयुक्त माध्यम भनेको अर्थिङ हो । घर बनाउदा अर्थिङ को प्रयोग गरियो भने घर बाट चुहावट भयको करेन्ट अर्थिङले जमिन सम्म पुग्न दिदैन । अर्थिङ भनेको घर बनाउदा घर को सबै भन्दा अग्लो ठाउँ टुप्पोमा लाइटिङ एरेस्टर भन्ने सामाग्री राख्नु लाई अर्थिङ भनिन्छ । अर्थिङ राखेर बनायको घर चट्याङ बाट सुरछित हुन्छ । हावाहुरी चल्दा, आकाश मा बादल मडारिदा घर, कार्यालय मा बिधुतिय उपकरण खुल्ला नराख्ने, बिधुतिय उपकरण बन्द गर्ने, टिभी, कम्प्युटर, ल्यापटप, मोबाइल, रेडियो जस्ता बिधुतिय उपकरण सामान बन्द गर्ने, मोबाइल स्विच अफ गर्ने, यसो गर्दा पनि चट्याङ बाट सुरछित रहन सकिन्छ । खुल्ला ठाउँ, ठूलो रुख, बिधुत प्रबाहा हुने ठाउँ आसपास नबस्दा पनि चट्याङ बाट बच्न सकिन्छ ।
चट्याङ बाट बच्न हावाहुरी चलेको समयमा, आकाशमा कालो बादल मडारिरहेको समयमा, मोउसम परिबर्तन हुने सङ्केत गरेको समयमा खेत, बारि, गोठालो, जङ्गल, बजार मा भय छिटो भन्दा छिटो घर भित्र बस्नु पर्दछ । यस्तो समयमा बिधुतिय उपकरण को बिधुत जोड्ने तार हरु झिक्नु पर्दछ । मोबाइल स्विच अफ गरेको खण्ड मा ५ सेकेण्ड को चट्याङ बाट ज्यान जान बाट धेरै मात्रामा सुरछित रहन सकिन्छ ।

