सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई नछाडिने

पूर्णपुष्टि/उदयपुर, बैसाख २० गते

-सत्ता र शक्तिको दुरुपयोग गर्ने जो कोहीलाई नछाड्ने चेतावनी पत्रकारहरुले दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहिबार प्रभातफेरी गरेका जिल्लाका पत्रकारहरुले जनप्रतिनिधिहरुलाई लक्षीत गर्दै यस्तो चेतावनी दिएका हुन् ।

जनप्रतिनिधिहरु जनताको हितमा काम भन्दा पनि आफु अनुकुलको काम, गतिविधिमा लिप्त हुदै गएको गुनासाहरु आइरहेको भन्दै पत्रकारहरुले त्यसप्रति सचेत रहन सुझाए । जनताको काम गर्ने भनेर सत्ता र शक्तिमा गएकाहरुले जनतालाई अलिकति पनि धोका दिननहुनेमा जोड दिए । सत्ता र शक्तिको दुरुपयोग गर्नेहरुलाई जनताकै सामु नंग्याउने उद्घोष उनीहरुले गरेका छन् ।

गाईघाटको पिपलचौकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरी सोही ठाउँमा आएर कोणसभा भएको थियो । प्रेस स्वतन्त्रता सेनानी, पत्रकार महासंघ शाखा उदयपुरका पूर्व अध्यक्षहरुसमेतको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष भरत खड्काले शुभकामना व्यक्त गरे । उनले केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको शुभकामना पत्रसमेत वाचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0