सन्दिप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

पूर्णपुष्टि, साउन ४ । सन्दिप क्षेत्रीले होस्ट गर्दै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’ को प्रसारण नहुने भएको छ । कान्तिपुर टिभि एचडीमा प्रसारण हुँदै आएको कार्यक्रमलाई टेलिभिजनले बिहिबार एक सुचना जारी गर्दै प्रसारणमा रोक लगाएको हो ।

‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारणमा रोक लगाईएको सुचनामा जनाईएको छ । गत असार २३ गते शनिबारको एपिसोडमा सन्दिपले अभिनेता पल शाहसँगको अन्तर्वातामा महिलालाई मजाकको विषय बनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि टेलिभिजनले उक्त एपिसोड हटाएको थियो भने बिहिबार सुचना जारी गर्दै ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0