Thursday, June 11News That Matters

सपथ ग्रहणपछि कार्याकाल दोहोर्याउँदै पून : निर्वाचित लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई

पूर्णपुष्टि, जेष्ठ ७
उदयपुरको लिम्चुङबुङमा पून : निर्वाचित भएका मेजर कुमार राईले सपथ लिएका छन् । राई सहित कार्याकाल दोहोर्याउनेमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी पनि रहेका छन् । उनिहरु बाहेक अन्य ४ जनाले पनि सपथ लिएका छन् । यी ४ जना भने नयाँ जनप्रतिनिधिहरु हुन् । अध्यक्ष राईले गत ७४ को चुनावमा पनि लिम्चुङबुङको नेतृत्व गर्ने अवसर जनताहरु बाटै पाएका थिए । पहिलो कार्याकाल सँकिदै गर्दा फेरी चुनावी मैदानमा उत्रेका राईले २१ सय बढी मत प्राप्त गर्दै पून : गाउँपालिका अध्यक्षमा निर्वाचित भए । राईले एमालेका राज कुमार राईलाई पराजित गर्दै दोस्रो कार्याकालको इतिहाँस रचे । उनको प्रतिद्धन्दी राजकुमारको भने १६ सय मत आएका थिए । निर्वाचित पछि राईले शनिवार जिल्लाको सदरमुकाम स्थित उदयपुर जिल्ला अदालतमा सपथ खाए । अदालतका प्रमुख न्याधिश दिपक खानलले राई लगायत अन्य जनप्रतिनिधिहरुलाई सपथ खुवाए ।

राईले अब तत्कालै जनताहरुको काम र पालिकाको विकासे काममा फर्कने जनाएको छ । केहि दिन पछिनै पदवहाली गरी पालिकाको कामहरुलाई अगाडी बढाईहाल्ने जनाए । राईले पहिलो कार्याकालमा पनि निकै सुखद काम गरेकै कारण जनताहरुले फुरी पनि मन पराएको र चुनेको जनाए । राईले बाँकी रहेको काम र जनताको सुरुवाती कामहरुमा तत्कालै फर्केर पालिका संञ्चालन गर्ने जनाए । उनले पालिकावासीहरुको अवाश्यकता र मागलाई प्राथामिकतामा राखी सेवको रुपमा काम गर्ने जनाए ।
उनले पालिका विकासका लागि स्वास्थ्य, शिक्षा, कृष, भौतिक पूर्वधार, खानेपानी, पर्यटनलाई मुख्य प्राथामिकतामा राख्ने जनाए । पहिलो कार्याकालमा सुरुवाती गरेका भौतिक पूर्वधारका कार्य, पर्यटनका कार्य, सगरमाथा सडक हाईवेको कार्य र सुनकोसी लिफ्टीङको कार्यहरुले अब निरन्तर पाउने पनि राईले प्रतिबद्ध गरे ।