
पूर्णपुष्टि, असार ८
आज सप्तरीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ सय ७३ पुगेको छ ।
जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशाला र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–४ का २९ र २४ वर्षीय पुरुष रहेका छन् भने बलानबिहुल गाउँपालिका–४ का १६, ३ न. वडाका ४२, ३८ र ३८ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको जनाईएको छ । त्यस्तै, राजगढ गाउँपालिका–२ का २४ र ३५, ६ न. वडाका २३, २७ र ३१ र राजविराज नगरपालिका–१० का ३८ वर्षीय २ जना पुरुषमा संक्रमण देखा परेको जनाईएको छ ।
सवै संक्रमितहरु भारतको हरियाणा, दिल्ली, पञ्जाबलगायत विभिन्न स्थानबाट आएको जनाईएको छ । उनीहरु स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको छ ।
