सप्तरीमा मोटरसाइकल दुर्घटना, उदयपुरका चौधरीसहित दुई जनाको मृत्यु

पूर्णपुष्टि, पुष १८
सप्तरीमा आईबार मोटरसाइकल दुर्घटना हुँदा उदयपुरका एक जनासहित दुई जनाको ज्यान गएको छ । उदयपुर चौदण्डीगढी नगरपालिका– ९ भिमाटोलका २८ वर्षीय हरिशंकर चौधरी र सप्तरी कञ्चनरुप नगरपालिका– ७ का सुभास बस्नेतको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।
कञ्चनपुर–फत्तेपुर भित्री सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना प्रहरीले जनाएको छ ।
दुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २२ प १५५८ नम्बरको मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।
त्यस्तै को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका– ९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: