
पूर्णपुष्टि, १८ फागुन
गाईघाट समता स्कुलले नवौँ बार्षिक उत्सव भव्यताका साथ सम्पन गरेको छ । समता एजुकेशन ट्रस काठमाडौद्वारा संचालित समता स्कुल गाइघाटले शनिवार मात्रै आफ्नो नवौँ बार्षिक उत्सव तथा अभिभावक भेला भव्यताका साथ सम्पन्न गरेको हो । त्रियुगा नगरपालिका ११ विशाल नगर टोलमा अवस्थित यस स्कुलले उत्साहजनक अभिभावक भेला गर्न सफल भएको छ । न्युन शुल्कमा गुनस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य सहित स्थापना भएको समता स्कुल गाईघाटले हाल ८ कक्षा सम्मको पठनपाठन गराईरहेको छ ।
विद्यालयकी प्रध्यानाध्यापक लक्ष्मी राईका अनुसार आवश्यक कक्षाहरु थप्दै प्लसटु सम्मको अध्यापनलाई अघि बढाईने जनाईन् । अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा बार्षिक उत्सव सम्पन्न भएको हो । बार्षिक उत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम सँगै खेलकुल र अन्य अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । ििवद्यालयले आफ्नो विद्यालयमा हुने पठन पाठन सँगै अन्य फरक क्षमताका प्रस्तुतीबारे अभिभावकहरु सामु प्रस्तुत समेत गरेको थियो । कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोईराराले गरेका थिए ।