समयमै पशु प्राविधिक नआईपुग्दा गाईघाटमा एकै किसानको १८ बाख्रा सखाप

पूर्णपुष्टि, १८ पौष ।
त्रियुगा नगरपालिका १० स्थित आदर्श टोलमा एकै किसानको १८ ओटा बाख्रा मरेको छ । अज्ञात रोगका कारण हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन । बाख्रा मरेसँगै खड्काको गोठनै रित्तिएका जनाए । बाख्रा मरेपछि खड्का चिन्तित बनेको छ । उनले मरेको बाख्राको उचित क्षेत्रीपुर्ति सम्बन्धित निकायहरुबाट आह्वान समेत गरेको छ । मंगलबार खड्कोको खोरमा एकैपटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए । मंगलबार आफैले पशुप्राविधिकलाई कृषकको घरमा पठाईदिएपनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ ।

खड्काले समयमै पशु प्राविधिक उपचारमा नआईपुग्दा बाख्रा बचाउन नसेको गुनासो गरेको छ । सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीय कृषकको भनाई छ । उनीहरुले के रोगका कारण एकैपटक यति धेरै बाख्रा मरे पत्तालागाउन नसकिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1