Friday, February 14News That Matters

समाजबाद र कम्युनिस्ट चाहनेले अमेरिका छाडे हुन्छ ः ट्रम्प

असार, ३१ गते । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौती ट्वीटमार्फत दिएका छन् । ट्रम्पले तीन पटक ट्वीट गर्दै खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीलाई समेत एक मुस्टमा प्रहार गरेका हुन् ।

अमेरिका समाजवादी र कम्युनिस्ट कहिलै हुन नसक्ने भन्दै यसबाट दुःखी हुनेहरु अमेरिका छाडे हुन्छ नत्र एक्लो छनौट हुने ट्रम्पले बताएका छन् ।

पछिल्लो समयमा आएर केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेकाले यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको ट्रम्पले बताएका छन् । वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता जघन्य कार्यलाई प्रोत्साहन दिन खोजेको ट्रम्पले आरोप लगाएका छन् ।

अमेरीकी सैनिक शक्तिको पुनर्गठन, सवै भन्दा कम बेरोजगारी, अहिलेसम्मकै उच्च स्टक मार्केट गर्नमा सफल भएकाले अमेरिका अहिलेजतिको बलियो अरुबेला नभएको ट्रम्पले दावी गरेका छन् ।