Monday, May 4News That Matters

समाजवादी उदयपुरमा पहिरो, नगर अध्यक्ष सहित १० जना एमालेमै फिर्ता

पूर्णपुष्टि, १६ भदौ ।
उदयपुरमा माधव नेपालको पार्टी एकीकृत समाजवादीमा पहिरो गएको छ । त्रियुगा नगर अध्यक्ष जनार्दन रेग्मी सहित १० जनाले पार्टी छाडेर एमालेमै फर्केपछि यहाँ पहिरो गएको हो । एमालेबाट बिद्रोह गरेर एकिकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न नसकेको र पार्टी दक्षिणपन्थीको सेवाको लागि विर्सजनवाद तर्फ लागेको भन्दै नेकपा एसका १० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एसका नगर अध्यक्ष रेग्मी सहित, नगर प्रचार विभाग प्रमुख दिप बस्नेत, नगर सचिवालय सदस्यहरु ध्रुबराज कार्की, निर्मल रेग्मी, राजकुमार थापा, उदय कार्की नगर कमिटि सदस्य प्रशान्त बस्नेत, सुनिल पौडेल, गिता राया र अनेरास्ववियुका जिल्ला कमिटि सदस्य सुनिता बिक नेकपा एसमा एक विज्ञप्ती जारी गर्दै फर्किएका हुन् ।