Monday, May 4News That Matters

समाजसेवी भागवत राउतको पहलमा शैक्षिक सामाग्री तथा पोशाक वितरण

पूर्णपुष्टि,असार २२ । उदयपुरका युवा नेता तथा समाजसेवी भागवत राउतको पहलमा त्रियुगा नगरपालिका–६,पात्लेबास अवस्थित पञ्चकन्या माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा राष्ट्रिय पोशाक वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच कोशी प्रदेशका उप-सभामुख सिर्जना दनुवारको प्रमुख आतित्यमा ‘सुनौलो भबिष्यका हकदार, उज्यालो भबिस्यको कर्णधार’ भन्ने मुल नाराको साथ शैक्षिक उन्नयन र बिकासमा सहयोग पुर्‍याउने हेतुका साथ उक्त सामाग्री वितरण गरिएको हो ।

समाज सेवी राउतले नेपाल सरकारले शिक्षाको स्तर बढाउन अधिक अग्रसर हुनुपर्ने बताउदै शिक्षाले मात्र देशको गरिवी अन्तय हुन सक्ने जनाए । शिक्षाको विकास भए मात्र देशको गरिवी कम हुने उनको दावी छ । विद्यार्थीहरुको हौसला बढाउन र विद्यालय प्रति आकर्षण बढाउन बेला बखतमा यस्ता कार्यक्रमहरु गरिरहेको समेत उनको भनाई छ ।

उता उप-सभामुख दनुवारले विद्यालय स्तर सम्मको शिक्षाको अधिकार स्थानीयतहको भएपनिप्रदेश सरकारको समाजिकविकास मन्त्रालयले शिक्षाको गुणस्तर बृद्धि गर्न विभिन्न कार्यक्रम गर्ने बताएकी छिन् । उनले शिक्षामाहुने लगानीबृद्धि गरि दक्षजनशक्तिउत्पादन गर्न लाग्नु पर्नेमा जोड दिइन् ।

यस विद्यालयका ४० जना विद्यार्थीहरुलाई बिद्यालय पोसाक, झोला कापी, कलम, औजार बक्स र खेल सामग्री बिद्यालय परिसरमै पुगि वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गेसराज कार्की, प्रदेश सांसद गीता रेग्मी, प्रदेश पूर्व सांसद अम्बिका थापा लगाएतले विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गर्नु भएको थियो ।