Friday, October 4News That Matters

समानताका लागि दम्पत्तिद्वारा बृक्षारोपण

पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते

-‘म लैगिंक समानाताका लागि प्रतिवद्ध छु’ भन्ने नाराका साथ सम्भवत देशमै पहिलोपटक उदयपुरका एकजोडीले वृक्षारोपण गरेका छन् । त्रियुगा नगरपालिका–५ देउरीका श्रीमान केशव पोखरेल र श्रीमति उमा पोखरेलको जोडीले संयुक्त रुपमा एक कार्यक्रमकाबीच वृक्षारोपण गरेर उदाहरणीय बनेका छन् ।

होलीपर्वको रौनकतासंगै छर–छिमेक, इष्ट–मित्र, समाजसेवी, पत्रकार, जनप्रतिनिधि लगायतको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा “आजबाट हाम्रो घरमा कुनै पनि लैंगिक हिंसा हुने छैन” भन्ने प्रतिबद्धता व्यक्त गर्दै जोडीले आँपको विरुवा रोपेका थिए ।

समाजमा हुने पारिवारिक, आर्थिक, समाजिक तथा राजनीतिक हिंसा विरुद्धको अभियानलाई सार्थकता दिन नेपालमै पहिलो जोडीले लैगिंक समानताका लागि आगनमा वृक्षरोपण गरेका हुन् । जोडीले रोपेको रुखको विरुवालाई जीवीत देवता (लिभिङ गड) को रुपमा मान्दै जान, अन्जान लैगिंक हिंसाका घटना भएमा त्यही रुखलाई साँझी राखेर क्षमायाचना गर्दै अगाडी बढ्ने पोखेल दम्पत्तिले बताउनुभयो । लैगिंक समानता कसैले खोजेर, ल्याएर, कसैबाट प्राप्त गरेर होइन आफ्नो आत्मैदेखि लिनुपर्ने पनि उहाँहरुले बताउनुभयो । प्राकृतिकरुपमै केही कुरा पुरुषले गर्न सक्ने महिला नसक्ने, महिलाले गर्नसक्ने पुरुषले नसक्ने रहेबाहेकका समाजले निर्धारण गरेका सामाजिक कुरिति, गलत परम्परा, मान्यताका सबै काम, कुराहरु गर्न सकिने र परिवर्तन गर्न सकिने उदाहरण उनीहरुले दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा त्रियुगा नगरपालिका–५ का वडाध्यक्ष उद्धवकुमार थापाले यसबाट लैगिंक समानतालाई सहयोग पुग्नका लागि यसै उद्देश्यले वृक्षारोपण गर्ने जोडीहरुलाई निशुल्क विरुवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । महिला तथा वालवालिका कार्यालय, उषाकिरण सहाकारी संस्था, नमुना सहकारी संस्था, संयुक्त राष्ट्र संघिय जनसंख्यिक कोष (युएनएफपि) र ओरेक नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा युएनएफपिएका समुदाय परिचालन अधिकृत चन्द्र ज्ञवालीका अनुसार समाजमा घटिरहेका हिंसालाई घरबाटै न्युनिकरण गर्नको लागि यस अभियानको थालनी गरेको बताउनुभयो । उहाँका अनुसार हिंसा न्यूनीकरणमात्र नभएर वातावरणीय परिवर्यनिय जोगाउनको लागि समेत सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार एकले अर्कोलाई सिकाउँदै जाउँ भन्ने नाराका साथ समानताका लागि वृक्षारोपण गरिएको बताउनुभयो । अव पोखरेल जोडीले अरु एक जोडीलाई यस अभियानमा लाग्न प्रेरित गर्ने छ । वृक्षारोपण रोपिएको रुखमा ‘म लैगिंक समानाताका लागि प्रतिवद्ध छु’ लेखेको श्रीमान श्रीमतिको फोटोसहितको प्लेट राखिने बताउनुभयो ।

यस्तै कार्यक्रमको अध्यक्ष उषा किरण महिला सहकारी संस्था लिं.का अध्यक्ष हरिमाया शाहीले वृक्षारोपणले हिंसा न्यूनिकरणलाई मात्रै होइन वातावरण जोगाउनका लागि समेत मद्दत पुग्ने बताउनुभयो । उहाँले यस कार्यक्रमको थालनी गरिएकोले यसले सार्थकता पाउन सवैले आ–आफ्नो घरमा विरुवा रोपेर प्रण गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नमुना वचत तथा ऋण सहकारी संस्था लिं. का अध्यक्ष गायत्रा ढुंगाना, पत्रकार सुखिलाल चौधरी लगायतले शुभकामना राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0