
पूर्णपुष्टि, चैत २५ ।
लामो समयदेखि सक्रिय पत्रकारितामा रहनु भएको सुनसरीको अपत्रकार सचिन पोखरेललाई नेपाल सरकार, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयबाट गोरखापत्र संस्थानको सञ्चालक सदस्यमा मनोनयन गरेको छ ।
सरकारको चैत २२ गतेको मन्त्रीस्तरको बैंठकले पत्रकार पोखरेललाई संस्थानको सञ्चालक सदस्यमा मनोनयन गरेको हो । गोरखापत्र संस्थानले नेपाली पत्रिकारिताको इतिहास बोकेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिका, द राईजिङ नेपाल, युवा मञ्च, मधुपर्क, मुना लगायत प्रकाशन गर्दछ ।
गोरखापत्रको १ नं. प्रदेश इन्चार्जसमेत रहनु भएको पोखरेलले सरकारले संस्थान सञ्चालक सदस्यमा गरेको मनोनयनले थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँ नेपालको सर्बश्रेष्ठ न्यूज च्यानल एभिन्यूज खबरकोसमेत १ नं. ब्यूरो इन्चार्ज हुनुहुन्छ ।
