
कात्तिक ४ गते ।
कैलाली र कञ्चनपुरका किसानले नेपाल सरकारले सिफारिस गरेको धान रोप्दा बाला समेने लागेको छैन । नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्ण शंकर) को धानले बाल समेत लागेन ।
कैलाली, कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै ३ सय ४८ हेक्टर जमिनमा गरिमा जातको धान रोपेका थिए । धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन् ।
उक्त क्षेत्रमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले बाल समेत लागेन । कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो ।
गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
