Monday, April 20News That Matters

मेयर श्रीमान श्रीमतिले गरे रक्तदान

राजेन्द्र दुष्ट

बेल्टार/कार्तिक ३ गते ।

नेपालीहरुको महान चाड दशैँ, तिहार, छैठको शुभकामना आदान प्रदान कार्यक्रमसँगै भएको रक्तदान कार्यक्रममा नगरको मेयर र उनको श्रीमतिले समेत रक्तदान गरेका छन् । शुभकामना आदानप्रदान तथा चियापान मानवीय संवेदनसिलतालाई मध्ये नजर गर्दै चौदण्डीगढी नगरपालिकाले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा खगेन्द्र राई र उनको श्रीमति मञ्जु राईले पनि रक्तदान गरेका हुन् ।

नेपालीहरुको चाडपर्वहरु सबै उत्तिकै सम्मानजन भएकाले सबै राष्ट्रिय चाड पर्वहरुले नेपालीहरुलाई एकतामा बाधिएको नगरका मेयर राईले बताए । उनले धर्म निरपेक्ष भएपछि नेपालीहरुको एकतामा तितरवितर हुन खोजेको भन्दै असन्तुष्ट  व्यक्त गरे ।

शुभकामना भन्दा पनि बढी स्थानीय युवायुवतीहरु रक्तदान गर्न निकै आतुर देखिन्थे । ४० जना पुरुष र १४ जना महिलाले ५४ पाउण्ड रगत रक्तदान गरेका थिए ।  कार्यक्रममा राजनितिक दलका स्थानीय नेताहरुले समेत दान गरेका छन् । कार्यक्रम नगर प्रशासकिय अधिकृत शिवप्रशाद हुमेगाईको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर पोखरेल र नगर प्रमुख राईको सभापतित्वमा समापन भएको थियो ।